१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भन्दा २५ व्यवाहारमा हजारौँको भीडभाड, नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे



काठमाडौं : कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण उच्च रहेका जिल्लामा १५ दिने निशेधाज्ञा गर्ने निर्णय गरेको छ । तर राजधानीको सिभिल अस्पताल र कीर्तिपूरको आयुर्वेदिक अस्पतालमा सरकारले दिएको २५ जनाभन्दा बढी मानिसहरु जम्मा नहुन दिएको निर्देशन लत्याउँदै हजारौँ मानिसहरु जम्मा भएका छन् । कोरोनाको खोप लगाउन हजारौँ मानिसहरु जम्मा भएका हुन् । कोरोना खोप लगाउन मंगलबार बिहानैदेखि हजारौँ मानिसहरु सरकारको निर्देशनलाई लत्याउँदै लाईनमा लागेका थिए । लाईनमा बसेकाहरुले मास्क लगाउने बाहेक अरु कुनै पनि स्वास्थ्यका मापदण्ड अपनाएका छैनन् । सामाजिक दुरी नै कायम नगरी उनीहरु लाईनमा बसेका थिए ।

काठमाडौंको सिभिल अस्पतालमा जम्मा भएर खोप लगाउन लाईनमा बसेकाहरुले एक अर्कालाई ठेला ठेल गरेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । व्यवस्थापनका लागि खटिएका प्रहरी डीएसपी दक्षकुमार बस्नेत आफैले माईकिङ गर्नु पर्ने अवस्था सिर्जना भएको थियो । स्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने हो तर यहाँ खोप लगाउन पुगेकाहरुले सरकारले दिएको मापदण्ड पालना गरेको देखिएन, सामाजिक दूरीको पनि ख्याल गरेको देखिएन । अगाडी टोकन पाउनका लागि केही समय ठेला ठेल पनि गरे तर केही समयको प्रयत्नपछि होहल्ला नियन्त्रणमा ल्याउन सफल भयौ डीएसपी बस्नेतले भने ।


प्रतिक्रिया दिनुहोस !