१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रा कम देखिएपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो । दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ । सचिवालयका अनुसार पुरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । यसअघि, उनको सिंगापुर, अमेरिका र भारतमा उपचार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !