१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रोल्पाको पिरालेमा आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट



काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् । घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्‍याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले बताए । उनका अनुसार घटनामा कुनै मानविय क्षति भएको छैन, १६ बाख्रा र ७ गाई चाहिँ जलेका छन् । आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका थिए । सुरुमा उनीहरु जंगलमा लागेको आगो निभाउँदा खटिएका कारण गाउँमा ठूलो क्षति भएको भनिएको छ । आगलागीका कारण खानेपानीका पाइप जलेका छन्, विद्युत् अवरुद्ध छ ।


प्रतिक्रिया दिनुहोस !