१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु



सुर्खेत : कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतमा दुई र दैलेखमा एकजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । पौडेलका अनुसार एक हप्तादेखि दुवैजना आईसीयूमा उपचाररत थिए । यस्तै कोरोना संक्रमणबाट दैलेखको नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । उपचारको क्रममा कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए । कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !