१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जनमोर्चाका सांसद शाही आज्ञात ठाउँको अस्पतालको आईसीयूमा !



पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । शाहीका स्वकीय सचिव मिलन हमालले शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए ।

स्रोतका अनुसार उनलाई पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा राखिएको छ । ‘दिउँसो १२ बजे शाही अचानक बेहोस हुनुभयो । अहिले अस्पतामा उपचार भइरहेको छ । ठाउँ र अस्पतालको नाम भन्न मिल्दैन,’ हमालले भने,‘पोखरा बाहिर चितवनतिर पनि लैजानुपर्ने हुन्छ,’ उनले कस्तो प्रकारको बिरामी भन्ने पनि खुलाएनन् । जनमोर्चाकी गण्डकी प्रदेश सभा सचेतक पियारी थापाले भने शाहीको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् ।

मंगलबारसम्म सकुशल रहेका शाही अज्ञात रहेको र मत विभाजनको पूर्वार्धमा त्यसो हुनु शंकास्पद रहेको उनको भनाइ थियो । गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि शाही बिरामी भएको बताइएको छ । राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !