१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सेनाको कारबाहीमा परी १२ तालिबानी लडाकूको ज्यान गयो



काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सेनाले गरेको कारबाहीमा परी १२ जना तालिबानको ज्यान गएको छ । सेनाले प्रान्तीय राजधानी घाज्नी शहरको बाहिरी इलाकामा मङ्गलबार तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रम १२ आतङ्ककारीहरु मारिएका हुन् । अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट बाँकी सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरु भएको बताउनु भएको छ । यसअघि अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट नेटो सेनाले अफगानिस्तान छोडेका थिए । तर यहाँ शान्तिको स्थापना हुन भने सकेको थिएन ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानमा सेना तैनाथ गर्ने कार्य अमेरिकाको तत्काल प्राथमिकतामा नरहेको बताउनु भएको थियो । यसै महिनाको शुरुमा राष्ट्रपति बाइडेनले अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट स्वदेश फर्काइने घोषणा गर्नुभएको थियो । अमेरिकाको वल्र्ड ट्रेड टावरमा अफगानिस्तानमा सक्रिय अल–कायदा समूहले आक्रमण गरेलगत्तै अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्नुका साथै सेना तैनाथ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !