१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बजेट लेखनको तयारीमा अर्थमन्त्री पौडेल



काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि सुझाव संकलनको कार्य सम्पन्न भएको छ। मन्त्री पौडेल र उहाँको टीमले सुझाव संकलन सम्पन्न भई अब बजेट लेखनको तयारी हुँदै गरेको जनाएको हो। सुझाव संकलनमा करिब एक महिनादेखि केन्द्रित अर्थ मन्त्रालयको यो समूह अब भने बजेट निर्माणमा जुटेको छ।

अर्थ मन्त्रालयले यसपटक व्यक्तिगतभन्दा बढी समूहगत रूपमा सुझाव संकलन गरेको जनाउँदै धेरैले कोरोना महामारीबाट देशको अर्थतन्त्रलाई बचाउन आग्रह गरेको कुरा उल्लेख गरेको छ। छिटोभन्दा छिटो खोप ल्याएर सबै नागरिकमा पुर्‍याउनेदेखि पूर्वाधारका अधुरा आयोजनामा बजेट छुट्याउन समेत माग गरिएको मन्त्रालयले जनाएको छ। देशको अर्थतन्त्र र विकास पूर्वाधारमा प्राथमिक लक्ष्यकासाथ लेखिने मन्त्रालयले बताएको हो।


प्रतिक्रिया दिनुहोस !