१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

१२० जनाको मुद्धा फिर्ता लिने निर्णयपछि सत्ता सहकार्यका लागि वातावरण तयार : राजेन्द्र महतो



काठमाडौं : मन्त्रिपरिषद्ले जनता समाजवादी पार्टी नेपालका १ सय २० जनाको मुद्धा फिर्ता लिने निर्णयले सरकारमा जाने वातावरण तयार भएको पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् । सरकारसमक्ष जसपाले राखेको माग अनुसार नै मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेका कारण नै सरकारमा जाने वातावरण तयार भएको उनले बताए।

उनले भनेका छन्, ‘मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ । तर, अझैँ हाम्रा केही माग पुरा गर्न बाँकी रहेका छन् । त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ ।’ बुधबार सरकारले १५ वटा मुद्दाअन्तर्गत १ सय २० जनाको मुद्दा फिर्ता गरेकोमा सरकारलाई उनले धन्यवाद दिएका छन् ।

​उता, पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले आफूहरुले सरकारसँग राखेको पाँचवटा माग पुरा भएपछि मात्र सत्तासमीकरणको बारेमा छलफल गर्ने बताएका छन्। उनका अुनसार मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पूर्ण रुपमा पुरा गरिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !