१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

नेपालमा कोरोना संक्रमणको दर भारतमा भन्दा बढी, दैनिक १ लाख ९३ हजार थपिने सम्भावना



काठमाडौं : बैशाख १५ । नेपालमा कोरोना भाइरसबाट बुधबार एकैदिन ४ हजार ८ सय ९७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ पीसीआर परीक्षणबा ट ४ हजार ७ सय ७४ तथा ९ सय ५५ एन्टिजेन परीक्षणबाट एक सय २३ गरी ४८ सय ९७ जना संक्रमित थपिएका हुन् । थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ हजार ४७ जना हुन् । काठमाडौंका १४ सय ६४, ललितपुरका ३ सय ५१ तथा भक्तपुरका २ सय ३२ जना हुन् । हाल सक्रिय संक्रमितको संख्या बढेर ३० हजार २ सय ९ पुगेको छ । बुधबार ७ सय ७३ जनामात्र संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या घटेर ८९।३ प्रतिशत पुगेको छ । हाल ३ सय १७ जना आईसीयूमा र ९८ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा संक्रमणको दर भारतको भन्दा बढी रहेको पाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मृत्युको दर पनि नेपालमा बढेको छ । नेपालमा गत हप्ताको तुलनामा यो हप्ता २ सय २८ प्रतिशतले संक्रमण बढेको डा. अर्पणा श्रेष्ठले जानकारी दिईन् । यदि यसलाई नरोक्ने हो भने एक महिनाभित्रै दैनिक १ लाख ९३ हजार संक्रमित नेपालमा बढ्ने आँकलन गरिएको छ । अहिले बढेको कोरोनाको दोस्रो लहरका कारण संक्रमितको २० प्रतिशत सम्मलाई अक्सिजन चाहिन सक्ने र केहीलाई भेन्टिलेटरमा रहनुपर्ने पनि बताइएको छ । प्रयोग गरेको मास्क ५ दिनसम्म छुट्टै राखेरमात्र सबै फोहरसँग मिसाउन पनि आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !