२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आज पानी छाडिँदै, बैशाखभित्रै ६७ मेगावाट उत्पादन हुने



दोलखा : राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोसीको निर्माण कार्य लगभग सम्पन्न भएको छ । दोलखाको विगु गाउँपालिका– १ स्थित लामाबगरमा निर्माणाधीन यस आयोजनाको मुख्य सुरूङमा आदेखि पानी छाडिने भएको छ । करिब १० वर्षदेखि निर्माणाधीन रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाखभित्रै विद्युत उत्पादन थाल्ने भएको हो । पूर्ण स्वदेशी लगानीमा निर्धाणाधीन कुल ४५६ मेगावाट क्षमताको यस आयोजनाले बैशाखभित्रै ६७ मेगावाट उत्पादन थाल्ने बताइएको छ ।

आयोजनाको मुख्य सुरुङमा आज (बिहीबार) पानी पठाउने तयारी सबै पूरा भएको छ । आयोजनाकै सबभन्दा जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको तेर्सो भागमा जडान थालिएको पेनस्टक पाइपको कार्य सम्पन्न भइसकेको छ । यससंगै मुख्य सुरुङमा पानी हालेर परीक्षण सुरु गर्न लागिएको हो । परीक्षण सफल भएमा यसै महिनाभित्र विद्युत उत्पादन सुरू हुनेछ । यो कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुने बताइएको छ । चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन गरिने लक्ष्य रहेको छ । आयोजनामा ७६ ७६ मेगावाटका छ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।

विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट–२) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो । यस्तै लट–२ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इञ्जिनीयरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रो मेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो । आयोजनाले चरिकोट (दोलखा–सिंगटी ३५ किलोमिटर सडकमा करिब रु एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र सात वटा पक्की पुल बनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !