Wednesday, March 19, 2025

ट्रेन्डिङ :

कोभिडले रोकेन बैंकहरुको नाफा, नौ महिनामा २७ वाणिज्य बैंकले ५० अर्ब ७४ करोड कमाए

spot_img
spot_img

काठामाडौं : कोभिड–१९ को असरका बाबजुद वाणिज्य बैंकहरुले गत बर्षको भन्दा १३.५ नाफा कमाएका छन् । बैंकहरूको नाफा गत वर्षको यसै अवधिको तुलनामा ६ अर्ब ७ करोड रूपैयाँ रहेको छ । साउनदेखि चैत मसान्तसम्म नौ महिनामा २७ वटा वाणिज्य बैंकहरूले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत वर्ष यसै अवधिमा ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा कमाएका थिए । नाफाका आधारमा नबिल बैंकले सबैलाई जितेको छ।

नबिलले नौ महिनामै तीन अर्ब ६७ करोड रूपैयाँ खुद नाफा कमाएको छ। नबिलसँगै ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनआइसी एसिया तीन अर्बभन्दा बढी कमाउनेमा परेका छन् । ७ मध्ये छ बैंकको नाफा घटेको छ। एभरेष्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसिसी, एसबिआई र सेन्चुरीको नाफा घटेको हो। बाँकी २१ बैंकको नाफा बढेको छ । वृद्धिदरका आधारमा एनएमबी सबभन्दा अगाडि छ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?