१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु



नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज विहान ८ बजे मृत्यु भएको छ ।

भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान ७ः५० बजे मृत्यु भएको छ । नेपालगञ्ज–१४ का ६० वर्षीय, नेपालगञ्ज–९ का ४२ वर्षीय, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै बाँकेकै ४२ वर्षीय पुरुषमा वैशाख १० गते संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएका थिए ।

बाँकेकै ५५ वर्षीय पुरुषको वैशाख १० गते नेपालगञ्ज मेडिकल कलेजमा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै नेपालगञ्ज मेडिकल कलेजमा उनलाई भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई बुधबार भेरी अस्पतालमा लगिएको थियो । सबै प्रकारका औषधि प्रयोग गरी उपचार थालिए पनि उनको बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बर्दियाका ३२ वर्षीय पुरुषको वैशाख ९ गते गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार भेरी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १ः३० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बर्दियाका ३२ वर्षीय पुरुषको मृत्यु भएसँगै उपचारका लागि बाँकेका बिभिन्न अस्पतालमा आएका बाहिरी जिल्लाका १०९ जनाको मृत्यु भएको ओलीले बताए ।


प्रतिक्रिया दिनुहोस !