१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण



काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगाना कोरोना संक्रमित भएका छन्। आफू संक्रमित भएको जानकारी ट्वीटरमार्फत दिँदै उनले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भए पनि त्यस्तै असहज नभएको र आफ्नो ख्याल गरिहेको उल्लेख गरेका छन्। ‘सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड-१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले लेखेका छन्, ‘उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु । समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?’

ढुंगानाले समुदायस्तरमा फैलिसकेको महामारी नियन्त्रणमा सरकारले गरिरहेको प्रयासबारे जिज्ञासासमेत राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !