१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कञ्चनपुरमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु



महेन्द्रनगर- कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । यस्तै एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !