१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सीसीएमसीको विमानस्थल अनुगमनपछि आन्तरिक उडान बन्द गर्ने सरकारको तयारी



काठमाडौं- सरकारले आन्तरिक उडान पनि तत्काल बन्द गर्ने तयारी गरेको छ । बुधबार सीसीएमसी सचिवालयले त्रिभुवन विमानस्थलमा अनुगमनपछि सीसीएमसीले आन्तरिक उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । सीसीएमसीका एक सदस्यका अनुसार सरकारले निषेधाज्ञा जारी गरेको अघिल्लो सीसीएमसीको टोलीले विमानस्थलमा भीडभाड देखेपछि आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।

आन्तरिक उडान खुला राख्दा विमान चढ्न जाने र ओर्लनेहरुका कारण सडकमा पनि सवारी साधनको मोबिलिटी बढ्ने र यसबाट संक्रमण फैलने डर भएकाले बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाका लागि आजबाट निषेधाज्ञाको घोषणा गरेको छ । यसबीच आन्तरिक र बाह्य हवाई उडान यथावतै राख्ने निर्णय गरेको गरेको थियो ।

हवाई उडान बन्द नहुँदा विमानस्थलमा उस्तै भीड लागेपछि आन्तरिक उडान पनि बन्द गर्ने तयारीमा पुगेको बुझिएको छ । निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरु बढेका पनि भीड बढेको हो । आन्तरिक हवाई उडान तत्काल बन्द गर्न सीसीएमसी निर्देशक समितिमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्ने तयारीमा रहेको सचिवालयका अधिकारीहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !