१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

बिहीबार मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !