१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

१३ वर्षपछि गायनमा फर्किएकी उर्मिला



काठमाडौं- अमेरिकामा छायांकन भएको ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन्। म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।


प्रतिक्रिया दिनुहोस !