१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जसपाका लुम्बिनी प्रदेश सरकारमा सामेल चारैजनाको सांसद पद खोसियो



बुटवल- लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो । प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।

जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिमको सूचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको भन्दै सचिवालयले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम चारै जनालाई कारवाहीको व्यहोरा जानकारी गराइएको उल्लेख गरेको छ ।

सचिवालयका अनुसार पार्टीले ती चारजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको पत्र प्राप्त भएको छ । सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर पनि यी चार सांसद अचानक सरकारमा सहभागी हुन पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !