१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सिइडिबी हाइड्रोको आईपिओ आजदेखि, कति दिने आवेदन ?



सीइडीबी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीले शुक्रबारबाट कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले यसमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ ।

सीइडीबीको यस आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !