१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दाङमा निषेधाज्ञा लागू, सरकारी कार्यालय र बैंकसमेत बन्द



दाङ जिल्लामा शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ ।

अतिआवश्यकीय सामान खरिदबिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नु पर्ने भएमा पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस !