१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जसपाका ‘बहुमत सांसद’ले ओलीविरुद्धको अविश्वास प्रस्तावमा सघाउने निर्णय



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) जसपाको बहुमत पक्षले प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको छ । जसपाको बहुमत कार्यकारिणी सदस्यको बैठकले ओलीविरूद्धको अविश्वास प्रस्तावलाई सहयोग गर्ने निर्णय गरेको हो ।

वैशाख १४ गते बसेको बहुमत सदस्यको बैठकले लुम्बिनीमा पार्टी निर्णय विपरित जाने प्रदेश सांसदलाई निश्कासन गर्ने र ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको जसपाका एक कार्यकारिणी सदस्यको भनाई छ । जसपाका १८ जना सांसदले अविश्वास प्रस्तावका लागि हस्ताक्षर गरेका छन्। कांग्रेसले सक्रियता देखाएमा यो संख्या २२ कट्ने जसपाका एक सांसदको भनाई छ ।

जसपामा पूर्व संघीय समाजवादी पार्टीका १७ र पूर्व राष्ट्रिय जनता पार्टीका १७ सांसद छन्। ती मध्ये दुवै पूर्व पार्टीका १—१ सांसदहरू निलम्बित छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमा छन्। बहुमत सदस्यको बैठकमा २६ जनाले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस !