Friday, May 23, 2025

ट्रेन्डिङ :

एमसीसी बाबुराम भट्टराईको पालामा आएको होः देउवा

‘अमेरिकी सेना कसले आउन दिन्छ? सबै झूठा प्रचार हुन्’

spot_img
spot_img

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आएको दाबी गरेका छन्। शुक्रबार बुढानिलकण्ठस्थित निवासमा गरिएको पत्रकार सम्मेलनका क्रममा देउवाले भने,‘म प्रधानमन्त्री हुँदा त सम्झौता मात्र भएको हो। यो प्रक्रिया बाबुराम प्रधानमन्त्री हुँदा नै आएको हो। फेरि त्यति ठूलो सहयोग किन नलिने?’

एमसीसी नेपालको हितमा रहेको दाबी गरेका उनले अमेरिकी सेना आउँछ भनेर झूठा प्रचार गरेको बताए । ‘यहाँ कसले अमेरिकी सेना आउन दिन्छ? कसरी आउँछ? झूठा प्रचार हुन्’, देउवाले भने। उनले बहुमत नपुगेका कारण सरकारको विकल्प नबनेको बताए। माओवादी, जसपासँग कुरा भइरहे पनि संख्या नपुगेको बताउँदै उनले भने,‘कुराकानी भईरहेको छ, सबै कुरा किन तपाईलाई भन्छु?’

देउवाले अहिले पनि जसपाले सरकारलाई सहयोग गरिरहेको बताउँदै ‘बहुमत नपुगी सरकार बनाउने कुरा हुन्न’ भने। सरकारले कोभिड–१९ नियन्त्रण र नागरिकको सुरक्षामा ध्यान नदिएको उनको आरोप थियो। उनले भने,‘कोभिड १९ को संक्रमितको उपचारका लागि अक्सिजन, भेन्टिलेटर तयार पार्न, कोभिड अस्पताल, आवश्यक औषधि र अत्यावश्यक सामग्री उपलव्ध होस् भनी माग गर्दछौं।’

पिसीआर परिक्षण सीमा नाकामा राखियोस्, होल्डिङ केन्द्रमा सीमाबाट आउनेलाई राखियोस् भन्ने कांग्रेसको माग सुनाए। उनले भने,‘यो जोखिममा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता हुनुपर्छ, स्वास्थ्य जनशक्ति पर्याप्त मात्रामा हुनुपर्छ। प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न माग गर्दछु। खोपलगायतको सुनिश्चित गर्न प्रभावकारी कुटनीतिक पहल होस् भन्ने कांग्रेसको माग हो।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?