१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कैलाली र कञ्चनपुरमा फितलो बन्यो निषेधाज्ञा, ३३६ सवारी साधन र ७७५ जनालाई कारबाही



कैलाली : दोस्रो चरणको कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि विगत दुई दिनदेखि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । अतिआवश्यकबाहेकका सबै क्षेत्र बन्द गर्ने प्रशासनले आग्रह गरेको छ । तर, प्रशासनले भने जस्तो निषेधाज्ञा प्रभावकारी बनेको छैन । निषेधाज्ञाको अवज्ञा गर्दै नागरिकहरु सडकमा निष्कने गरेका छन् । आज मात्र कैलालीमा निषेधाज्ञाको उल्लंघन गरेको भन्दै प्रहरीले ३ सय ३६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । त्यस्तै, ७ सय ७५ जना सर्वसाधारणहरुलाई केही बेर होल्डमा राखेर सम्झाई बुझाई गरी छाडेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको भएता पनि भारतबाट नेपाल आउने क्रम जारी नै रहेको छ । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डा चौकी र बैतडीको जुलाघाट नाकाबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७६ जना नेपाल भित्रिएका छन् । भारतबाट आएकाहरु सिधै घर–घरमा जाने गरेका कारण सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम उच्च रहेको छ । पछिल्लो २४ घण्टामा भारतबाट आएका ५ सय ८५ जनाको कोरोना चेक गर्दा २ सय ४६ जनामा संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !