१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विदेशबाट नेपाल यात्रा गर्नेलाई थप कडाई, विदेशीले अनिबार्य १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने



कोभिड-१९को दोस्रो लहर संक्रमण नियन्त्रणका लागि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान ल्याएको छ।

प्राधिकरणका अनुसार बोर्डिङ गराउनु अघि नै यात्रुले ७२ घण्टा अगाडी गरेको नेगेटिभ रिपोर्ट र क्वारिन्टिनका लागि १० दिनको होटल प्रि बुकिङ गरेको प्रमाण ल्याउनुपर्नेछ। होटल क्वारेन्टिनको व्यवस्था यात्रुले गर्नुपर्ने र होटलसम्म लैजाने व्यवस्था भने ट्राभल एजेन्सीले गर्नुपर्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले नेपालीको हकमा ७२ घण्टा अगाडीको पीसीआर नेगेटिभ रिपोर्ट र १० दिन होटल क्वारिन्टिन वा होम क्वारिन्टिनमा बस्नुपर्नेछ जनाएको छ।

प्राधिकरणले विदेशी यात्रुलाई ट्रान्जिट बाहेक नेपाल आएर तेस्रो मुलुक प्रवेशमा रोक लगाइसकेको छ। हाल नेपालमै रहेका र स्वदेश फर्कन चाहने विदेशी यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्टका आधारमा फर्कन दिइनेछ।


प्रतिक्रिया दिनुहोस !