१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतमा एकै दिन ३ लाख ८६ हजार कोरोना सङ्क्रमित



भारतमा कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ ।  तीब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा ३ लाख ८६ हजार ४ सय ५२ जना सङ्क्रमित भएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा ३ हजार ४ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार ४ सय ५० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल १ करोड ५३ लाख ८४ हजार ४ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल १ करोड ८७ लाख ६२ हजार ९ सय ७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ३१ लाख ७० हजार २ सय २८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ वटा स्वाब परीक्षण गरिएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ ।


प्रतिक्रिया दिनुहोस !