१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अफगानिस्तानमा कार बम बिस्फोट : विद्यार्थीसहित ३० जनाको मृत्यु, ९० घाईते



एजेन्सी । अफगानिस्तानमा भएका कार बम बिस्फोटमा ३० जनाको ज्यान गएको छ । शुक्रबार राति लोगर प्रान्तको राजधानी पुल ए आलमस्थित एक गेस्टहाउस नजिक भएको बम बिस्फोटमा हाइस्कूलका विद्यार्थीसहित ३० जनाको मृत्यु भएको हो । बिस्फोटमा भवनको छाना खसेर अन्य ९० जना घाइते भएका अन्तर्राष्ट्रिय माध्यमले जनाएका छन् । इस्लामिक पवित्र महिना रमादान चलिरहेको बेला उक्त बम बिस्फोट भएको हो । बिस्फोटको जिम्मा कसैले लिएको छैन ।


प्रतिक्रिया दिनुहोस !