१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

रेम्डेशिबिर आयातको अनुमति नदिँदा दैनिक दर्जनौँ कोरोना संक्रमितको मृत्यु



काठमाडौं : सरकारले कोरोनाको औषधि रेम्डेशिबिरको समयमै आयातको अनुमति नदिँदा बजारमा हाहाकार मच्चिएको छ । निषेधाज्ञाको अघिल्लो दिनसम्म सरकारले रेम्डेशिबिरको आयातको अनुमति नदिँदा दैनिक दर्जनौँ कोरोनाका बिरामीले ज्यान गुमाउनु परेको छ । कोरोनाको दोस्रो लहर चलेसँगै नेपालका अस्पतालहरुले थेग्नै नसक्ने गरी कोरोना संक्रमितहरु बढेका छन् । अधिकांश कोरोना संक्रमतिहरुलाई रेम्डेशिबिर भ्याक्सीनको आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् । अहिलेसम्म कारोनाको भरपर्दो औषधि बनेको छैन तर निमोनियासँगै कोरोनाले क्षत विक्षत बनाएका बिरामीहरुलाई बचाउने अचुक औषधी मानिन्छ रेम्डेशिबिर भ्याक्सिन ।

तर नेपाली औषधी बजारमा भने रेम्डेशिबिरको अभाव रहेको छ । कुनै पनि औषधि पसल वा सप्लायर्सहरुमा रेम्डेशिबिर नै नपाईने अवस्था छ । पहिले नै आयात गरिएको बचेखुचेको पनि पहुँचवालाहरुले लुकाएको वा कालोबजारी गरेको बिरामीका आफन्तहरुको गुनासो छ । केही ठूला ठालूहरुले कोरोना संक्रमितहरुको उपचार गर्न रेम्डेशिबिर सहजै पाईरहेका छन् तर पहुँच नएकाहरुलाई भने बालुवामा सुन खोजे झै गाह्रो भएको छ ।


प्रतिक्रिया दिनुहोस !