१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्युु



महेन्द्रनगर- कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भएको जानकारी दिए ।

रोकायाअनुसार होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !