Friday, May 16, 2025

ट्रेन्डिङ :

नेपाललाई कोरोनाविरुद्धको लडाइमा अमेरिकाको साथ, ८५ लाख डलर सहयोग गर्ने घोषणा

spot_img
spot_img

काठमाडौं- संयुक्त राज्य अमेरिकाले कोभिड-१९ विरुद्धको लडाइमा आफू नेपालसँगै उभिएको बताएको छ । आफूले वितरण गर्ने भनेको कोरोनाविरुद्धको खोपको आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । राष्ट्रसंघको खोप आपूर्ति कार्यक्रम कोभ्याक्समा अमेरिकाले २ बिलियन डलरको प्रतिबद्धता जनाएको र थप २ बिलियन डलर सहयोग हुन लागेको समेत जनाएको छ ।

‘संयुक्त राज्य अमेरिका कोरोनाभाइरसबाट अहिलेसम्म सबैभन्दा बढी प्रभावित हुने थलो बनेको छ’ प्रवक्ता एलेनले भनिन्, ‘हामी नेपालसँग सहानुभूति राख्छौं ।’ उपलब्ध हुने वित्तिकै अमेरिकाले अस्टाजेनेका खोप वितरण सुरु गर्ने समेत उनले जनाएकी छिन् । अमेरिकासँग अस्ट्राजेनेका खोप भण्डारण भएको जानकारी बाहिर आएपछि परराष्ट्र मन्त्रालयले पनि खोप उपलब्ध गराउन माग गर्दैै प्रक्रिया सुरु गरेको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका थिए ।

यसैबीच, अमेरिकाले नेपाललार्ई कोरोनाभाइरसविरुद्धको लागि थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने घोषणा गरेको हो । विज्ञप्तीमा कोरोना परीक्षण, संक्रमित पहिचान, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि सहयोग गर्न लागेका हौं’ विज्ञप्तीमा उल्लेख छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?