Sunday, April 27, 2025

ट्रेन्डिङ :

अहिलेसम्म देशभरका २५ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा

spot_img
spot_img

काठमाडौं- देशभरका ७७ जिल्लामध्ये अहलिेसम्म पुर्ण र आंशिक गरेर २५ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयका अनुसार यस अवधिमा २१ जिल्लामा पुर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो ।

आज राति १२ बजेदेखि गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले वैशाख २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको  मन्त्रालयले जानकारी गराएकाे हाे ।

यस अघि आंशिक निषेधाज्ञा जारी भएको बर्दिया जिल्लामा पनि २० गते सोमबार विहान ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्ण निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमित भएका स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गर्दा पनि संक्रमणदर नघटेपछि र अन्य ठाउँमा पनि संक्रमण फैलिन थालेपछि जिल्लालाई पुर्ण निषेधाज्ञा गर्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले नेपाल प्रेसलाई जानकारी दिए ।

मोरङमा भने आज राति १२ बजेदेखि आंशिक रुपमा निषेधाज्ञा जारी हुने भएको छ । मन्त्रालयका अनुसार जिल्लाको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नम्बर १, २, ३, र ४ तथा भारतको र सुनसरीसँग सीमा जोडिएका क्षेत्रमा २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?