३१ जेष्ठ २०८१, बिहीबार
 |   Thu Jun 13 2024
Logo

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु



काठमाडौं- शनिबार नेपालमा कोरोनाभाइरसका ५७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् ।

थप १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ । संक्रमण दर १३.२ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !