१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतमा एकैदिन संक्रमित भेटिनेकाे संख्या चार लाख नाघ्याे, ३५२३ जनाकाे मृत्यु



एजेन्सी- कोरोना भाइरस महामारीको दोस्रो लहरले थलिएको भारतमा एकैदिन थपिने संक्रमितको संख्या फेरि अर्को उचाईमा पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा चार लाख एक हजार ९९३ जना संक्रमित थपिएका छन्। सो अवधिमा कोभिड–१९ बाट ३५ सय २३ जनाको ज्यान गएको छ।

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ९१ लाख ६४ हजार ९६९ तथा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार ८५३ पुगेको छ।
अहिले ३२ लाख ६८ हजार ७१० सक्रिय संक्रमित रहेका छन् भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म १५ करोड ४९ लाख ८९ हजार ६३५ जनाले कोरोना भाइरसविद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

यसैबिच भारत सरकारले शनिबारदेखि १८ वर्ष उमेरमाथिका सबैलाई खोप लगाउने अभियान सुरु गरेको छ। तर विभिन्न राज्यहरुमा खोपको अभाव रहेको खबर आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !