१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उपत्यकामा थप २४९५ लाई कोरोना संक्रमण पुष्टि, १२ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित



 काठमाडौं- शनिबार काठमाडौं उपत्यकामा २ हजार ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुर २०८ जनामा कोरोना पुष्टि भएको हो ।

आज काठमाडौंपछि बाँके सबैभन्दा धेरै प्रभावित बनेको छ । यहाँ ५५१ जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि रूपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ र काभ्रेमा १०५ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् ।

१२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् । मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलालीमा ५ सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै, १६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

आज १४ हजार ९६९ जनाको पीसीआर र एन्टिजेन परीक्षण ५७ सय ६३ जनामा संक्रमित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !