Saturday, December 7, 2024
spot_img

ट्रेन्डिङ :

चीनमा पनि फेला पर्यो भारतीय भेरिएन्टको कोरोना

spot_img
spot_img

एजेन्सी : कोरोनालाई पूर्ण नियन्त्रण गरेको चीनमा पून नयाँ भेरिएन्टको कोरोना भाईरस फेला परेको छ । मनाइने पाँच दिने ‘लेबर होलिडे’ अघि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बाहिरबाट आएका केही मानिसमा कोरोनाभाइरसको बी १६१७ म्युटेन्ट भेरियन्ट भेटिएको भन्दै चेतावनी जारी गरेका छन् । भाइरसको यो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएको थियो ।

चिनियाँ सरकारले सार्वजनिक स्वास्थ्य इमर्जेन्सीजस्तो स्थितिसँग लड्न बनाएको डिजिज कन्ट्रोल एजेन्सीका स्वास्थ्य अधिकारीहरुले भाइरसको भारतीय भेरियन्ट भेटिएको भन्दै देशमा हाई अलर्ट जारी गरेका हुन् । अधिकारीहरुका अनुसार भारतबाट आएका केही यात्रीहरूलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो । जहाँ उनीहरुलाई भाइरसको संक्रमण पुष्टि भएको हो । यद्यपि, यही भेरियन्टकै कारण भारतमा दोस्रो लहर यति घातक भएको भन्ने अझै पुष्टि भने भएको छैन ।

२९ अप्रिलमा चिनियाँ न्यूज वेबसाइट गुआन्चा डट सीएनद्वारा अयोजित पत्रकार सम्मेलनमा चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी०का प्रमुख इपिडिमियोलोजिस्ट वू जुनयूले नयाँ भेरियन्टबाट संक्रमणको पुष्टि गरेका थिए । यद्यपि, उनले नयाँ भेरियन्टबाट कति जना सक्रमित फेला परेका छन् भन्ने चाहिँ जानकारी दिएनन् । उनले चीनका केही सहरमा भारतको म्युटेन्ट भाइरस भेटिनु चिन्ताको विषय भएको बताए पनि कुन शहर भनेर पनि खुलाएनन् ।

 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?