१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ । २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२८७ जना संक्रमणमुक्त भएका छन् । देशभर पछिल्लो २४ घण्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !