१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दाङको तुलसीपुरमा भारतीय कारभित्र तीन बालकको शव फेला



दाङ- दाङमा तीन जना बालकको शव फेला परेको छ । तुलसीपुर उप–महानगरपालिका–६ स्याउली बजारमा रोकिराखेको कारभित्र तीन जना बालक मृत अवस्थामा फेला परेका हुन् ।

भारतीय नम्बरको निसान कारभित्र तीन बालकको शव भेटिएका प्रहरीले जनाएको छ । उक्त कार गत माघ महिनादेखि पार्किङमा रखिएको थियो । घट्नाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए ।

शव हेर्दा दुई÷तीन दिन अघिको जस्तो देखिएको उनले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !