१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

यी हुन् शनिबारको सीसीएमसीको निर्णय : पालना नगर्नेलाई कडा कारबाही



काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसी) ले थप नियमहरु लागू गर्ने निर्र्णय गरेको छ । शनिबार बसेको सीसीएमसीको बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरका हकमा विभिन्न थप नियमहरु बनाएको छ ।

जसअन्तर्गत अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय भएको छ । निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गराउने भनिएको छ ।
यसका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने भनिएको छ । यसैगरी काठमाडौं उपत्यकाका हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने उल्लेख छ ।

व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन आदि) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने भनिएको छ ।

सार्वजनिक निर्माणमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माण गरिराख्ने निर्णय पनि गरिएको छ ।

यस्ता छन् बैठकका निर्णयहरु :

  • निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चातलन गर्ने, नेपाल राष्ट्रस बैंकले यसमा सहजीकरण गर्ने।
  • अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चारलन गर्ने।
  • काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने।
  • कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चाालन गर्ने।
  • कोभिड–१९ को रोकथाम, नियन्त्र ण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा , अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चािलन गर्ने।
  • सार्वजनिक निर्माणका कार्यहरूमा संलग्ना श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने।
  • आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्धम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चा्लन गर्ने।
  • काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वा्रेन्टिनमा बस्नेधहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू अनुगमन गर्ने।
  • होम क्वायरेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।
  • होटेल क्वारेन्टिवनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउने।
  • होटेल क्वारेन्टिवनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने।
  • होटेल क्वाररेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चारलकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने।
  • आमसञ्चार माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारितरप्रकाशित गर्न अनुरोध गर्ने।
  • सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने।


प्रतिक्रिया दिनुहोस !