१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु



धनगढी कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुष बैशाख १६ गते अस्पताल भर्ना भएका थिए भने महिलाको दुई दिनदेखि ईमरजेन्सी वार्डमा अक्सिजन दिएर उपचार भइरहेको थियो । यस्तै धनगढीको कैलाली अस्पतालको कोभिड वार्डमा उपचाररत कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका ३३ वर्षीया संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बैतडी घर भएर महेन्द्रनगरमा बस्दै आएका उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !