Monday, November 11, 2024
spot_img

ट्रेन्डिङ :

कोरोनाको उपचार गर्न एक हजार बेड थप्ने तयारी

spot_img
spot_img

काठमाडौं : अस्पतालमा भर्ना हुने कोरोनाभाइरस संक्रमित बिरामीको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार बेड थप्ने तयारी गरेको छ । अस्पतालका बेड भरिन थालेपछि एक हजार बेड थप्ने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । संक्रमितको उपचारका लागि सरकारी, निजी, अर्धसरकारी अस्पताल र सार्वजनिक क्षेत्र प्रयोग गरिने भएको छ ।

कहाँ कति बेड थप्ने वा राख्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड उपचारको लागि ३ दिनभित्र जिल्लाका २५ देखि २०० बेडसम्मका गैरसरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई सूचीकृत हुन आग्रह गरेको छ । सूचीकृत हुने अस्पताललाई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजार उपलव्ध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?