१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै विपक्षी दलहरुको आकस्मिक बैठक



बुटवल : लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै प्रदेशका विपक्षी दलहरु छलफलमा जुटेका छन् । पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरु प्रदेश प्रमुखको कार्यालयमा छलफलमा जुटेको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाले बताए । यसअघि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतका विपक्षी दलहरुले प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको सपथ नखुवाउन पत्र बुझाएका थिए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै एकल बहुमतको सरकारका लागि प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । तर, पोखरेलले बुझाएको पत्रमा सांसद विमला केसीको समेत हस्ताक्षर भएपनि उनले आफु माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन् । केसी माओवादी केन्द्रमा प्रवेश भएसँगै पोखरेलले दावी गरेजस्तो उनको पक्षमा एकल बहुमत भने पुग्दैन । तर प्रदेश प्रमुखले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !