१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोनाको नयाँ रेकर्ड, २४ घण्टामा ७२११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,५९५ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !