१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुर्खेतमा आइतबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु



सुर्खेत । सुर्खेतमा आइतबार एकैदिन कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्रोतका अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–८ का ३० वर्षीय पुरुष, लेकवेशी नगरपालिका–८ का ६८ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो । विभिन्न मितिमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालमा राखेर आवश्यकता अनुसारको उपचार अगाडि बढाइए पनि उनीहरुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !