१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सेना र प्रहरीको कडा सुरक्षा घेरामा शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाईयो



बुटवल । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद निवासमै पुगेर शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाएका छन् । आइतबार साँझ मुख्यमन्त्रीको निवासमा पोखरेलले सपथ लिएका हुन् । प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए । दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ ठुलो संख्यामा सुरक्षाकर्मी बोलाएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको निवास लगिएको हो । बल प्रयोग गरिएपछि सांसदहरुले प्रदेश प्रमुख र प्रहरी दमनको विरोधमा नाराबाजी गरेका छन् । सातै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि सपथ लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !