१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालको एक स्थान सुधार



काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११ औँ स्थान हो ।

टी–ट्वान्टीको नयाँ बरियताको पहिलो स्थानमा इङ्ल्यान्ड, दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया रहेको छ । यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस !