Friday, May 16, 2025

ट्रेन्डिङ :

बुढानिलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक शुरु

spot_img
spot_img

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक सुरु भएको हो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि सभापति देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतले बताएको छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शंशाङ्क कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्ण बहादूर खड्का, प्रकाशमान सिंह, सुनिल थापा, रमेश लेखक, बालकृष्ण खाँण गोपालमान श्रेष्ठ उपस्थित रहेका छन् । पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?