८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु



धनगढी । धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी गंगानगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: