९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना पोजेटिभ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ । मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो। त्यसपछि उनको एन्टिजिन परीक्षण गरिएको थियो । उनको सचिवालय स्रोतले मुख्यमन्त्री गुरुङ बिरामी भएको पुष्टि गरे पनि थप केही खुलाउन चाहेको छैन । उनका स्वकीय सचिव विक्रम न्यौपानेलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यौपाने हाल आइसोलेसनमा छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: