१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतमा पेट्रोल लिटरको १४५ रुपैयाँ पुग्यो, नेपालमा के होला ?



भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ। बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ।

राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४(१४५ रुपैयाँ १८ पैसा) कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ। भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए।

मंगलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो।  सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन्।

भारतमा वृद्धि भएको तेलको भाउको कारण नेपालमा पनि प्रभाव पर्न सक्ने आकलन गरिएको छ । यद्दपी नेपालमा पनि केहि महिनादेखि पेट्रोलिय पदार्थको मूल्य बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !