१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना महामारीमा लुट मच्चाउने केएमसी र ह्याम्स अस्पताललाई कारबाही हुने



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले स्पष्टीकरण सोधेका हुन् । संक्रमितको उपचारका लागि केएमसीको दैनिक ३० हजारसम्म र ह्याम्स अस्पतालको दैनिक ५० हजार रुपैयाँसम्मको शुल्क सूची सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क आईसीयूमा १५ हजार रुपैयाँसम्म लिन पाउने नियम बनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले नियम विपरीत बढी शुल्क लिएको पाए कारबाही गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !