१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

महिला लघुवित्तमा १ हजार लगानी गर्नेले कसरी कमाए ५० हजार ?



तीन महिनाअघि महिला लघुवित्त वित्तीय संस्थामा एक हजार रुपैयाँ लगानी गर्नेहरुले बिहीबारसम्म सम्पतिको भाउ ५० हजार पुर्याएका छन्।

महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँअंकित दरका सेयर निष्काशन गरेको थियो। कम्पनीले कुल ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो। यो सेयरमा ६३ गुणा बढिको आवेदन परेको थियो।

अधिकांसले सेयर पाएका थिएनन्। ३७ हजार ५०० जनाले मात्र सेयर पाएका थिए। कम्पनीको सेयर बजारमा सूचिकृत भएको ३५औं कारोबार दिनमा मूल्य १० प्रतिशतले बढेर प्रति कित्ता ५ हजार ३० रुपैयाँ पुगेको छ।

कम्पनीको सेयर छिटपुट मात्र २०/३० कित्ता कारोबार भएको छ। नभए अधिकांस कारोबार १० कित्ताका दरले भएको छ।  महिलाको सेयरमा सामूहिक लगानी कोषका १९ वटा स्किमको संस्थागत लगानी छ। सूचिकृतपछि १५ वटा कोषले लगानी बढाएका छन्।

कम्पनीले चालु बर्षको चैत मसान्तसम्म ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ। चुक्ता पुँजी १० करोड रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस !